तराईमा सक्रिय मोस्ट वान्टेड सुटर पक्राउ

सर्लाही, ७ चैत । गोली हानी हत्या र सुनचाँदी लुटपाटमा संलग्न प्रहरीको अत्याधिक खोजी सूचीचमा रहेका सर्लाहीका उमेश पासवान ‘राजु’लाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको सक्रियतामा सर्लाहीको लालबन्दीबाट पसवानलाई पक्राउ गरेको हो ।तराई–मधेशका सिराहा, सर्लाही, रुपन्देही लगायत जिल्लामा गोली हानी व्यक्ति हत्या गर्ने कार्यमा पासवान संलग्न भएको खुलेपछि केहि समयदेखि प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचिमा राखि खोजी थालेको थियो ।पक्राउ परेका पासवानविरुद्ध सर्लाही, सिराहा र रुपन्देही जिल्ला अदालतमा खुँनडाका तथा संगठित अपराध, हातहतियार, कर्तव्य ज्यानमार्ने उद्योग, चोरी र जवरजस्त चोरीका मुद्दा छन् ।सर्लाहीकै हरिपुरमा पासवानले तीन वर्षअघि गोली हानी एक व्यक्तिको हत्या गरेका थिए । योसँगै गोली प्रहारका दर्जन घटनामा पासवानको संलग्न रहेको प्रहरीको दाबी छ ।प्रहरीका अनुसार उनले धम्काउदै रकम माग्ने र नदिए गोली हानी हत्या गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?