काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत छनौटका तीन खेल खेलेर नेपाली राष्ट्रिय टोली आईतवार राति स्वदेश फिर्ता आएको छ।
जेष्ठ ११ गते चार्टर्ड प्लेनमा पहिले इराक प्रस्थान गरेको नेपाली टोलीले इराकविरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो अभियान शुरू गरेको थियो। त्यस पश्चात स्थलमार्गबाट कुवेत प्रस्थान गरेको नेपाली टोलीले विश्वकप छनौटका बाँकि तीन खेल खेलेको थियो।
घरेलु मैदानमा खेलिनु पर्ने खेलहरु कोरोना महामारीका कारण नेपालले तथष्ठ मैदान कुवेतमा खेल्नु परेको थियो। नेपालले आफ्नो तीन खेलमा चाइनिज ताइपेइविरुद्ध २-० को जित निकालेको थियो भने बलिया टोली जोर्डन र अस्ट्रेलियाविरुद्ध भने ३-० को हार बेहोरेको थियो।
नेपाली टोली आईतवार स्वदेश आइपुग्दा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने देखिएनन्। उनी एक साता पछि नेपाल फर्किने कार्यक्रम रहेको छ। त्यस्तै खेलाडी रोहित चन्द पनि आफ्नो व्यवसायिक फुटबल खेल्न कुवेतबाट सिधै इन्डोनेसिया प्रस्थान गरेका छन्।
नेपाली टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा आँफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। नेपाली टोलीको स्वागत गर्ने क्रममा केही तस्वीर
तस्वीर :एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया