खुकुलो बनाइएको निषेधाज्ञामा विवाह ब्रतवन्धबारे के छ निर्णय ?

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा असार ८ गतेबाट थप खुकुलो बनाउँदै निषेधाज्ञा एक साता बढाइएको छ ।

बढाइएको निषेधाज्ञामा व्यवसायका लागि सहज बनाइए पनि विवाह, ब्रतबन्धको लागि भने हकमा भने १० जना भन्दा भेला हुन नपाइने भएको छ । म

नयाँ मोडेलसहित थप गरिएको निषेधाज्ञामा भने विवाह तथा ब्रतवन्धको हकमा बढीमा १० जनासम्म भेला हुने पाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

“विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने“विवाह तथा ब्रतबन्धको हकमा दुईवटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।” निर्णयमा भनिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयावधी असार ७ गते अर्थात भोलिबाट सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?