काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दल बदल गरेका स्थानीय र केन्द्रीय तहका नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको हो । माओवादी केन्द्रको सोमवार बिहान भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । बैठकले स्थानीय तहका १४ सहित केन्द्रीय समितिका केही नेताहरुलाई पार्टी छोडेको भन्दै कारवाही गरेको हो ।
यसअघि माओवादीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय गरेको थिएन । पार्टीबाट हटाइएका नेताहरुको बारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै गत शुक्रवार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया