काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट पत्ता लागेको छ ।
देशका विभिन्न ठाउँहरुबाट संकलित ४८ वटा नमुनाहरु विश्व नयाँ दिल्लीमा पठाएर परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको हो ।
त्यसैगरी ४७ वटा डेल्टा भेरियन्टमध्ये ९ वटामा थप उत्परिवर्तन K417 N भेरियन्ट पुष्टि भएको हो ।
AY1 (ए वाई वान) नाम दिइएको उक्त भेरियन्ट हालसम्म नेपालसहित १० भन्दा बढी राष्ट्रहरुमा देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा अल्फा, डेल्टासहित नयाँ कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार यी भेरियन्टहरु बढी संक्रमक तथा सबै उमेर समूहकाहरुलाई नै असर गर्ने जनाएको छ । साथै उक्त भेरियन्टबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनका लागि मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया