घुससहित भूमिसुधारका नायब सुब्बा पक्राउ

भक्तपुर, ९ चैत । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा पक्राउ परेका छन् ।उनले सेवाग्रहीबाट १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीबाट पक्राउ परेका हुन् ।चाँगुनारायण नगरपालिका–८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग १० हजार घुस रकम माग गरेका थिए ।सुब्बालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।सो बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?