काठमाडौं, १० चैत । नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र समस्या र विवादलाई हल गर्नेगरि आफूले पहलकदमी गर्ने बताएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउनेगरि पहलकदमी लिने स्पष्ट पारे । उनले क्यान, एन्फा र ओलम्पिक कमिटि लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्नेपनि विश्वास दिलाए ।मन्त्री विश्वकर्माले सुशासन र सृमद्धि हाँसिल गर्ने कार्यमा केन्द्रति भएर आफूहरुले कामको थालनी गरेको पनि जनाए । निर्वाचन सम्पन्न भएसँगै तीनवटै तहमा सरकार गठन भएर सञ्चालनमा आएको उल्लेख गर्दै उनले भने,‘अब सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हामी होमिएका छौं, निर्वाचनको क्रममा वाम गठबन्धनको तर्फबाट हामीले जनतासामू गरेका वाचा र प्रतिबद्धताहरु पूरा गर्छौं।’मन्त्री विश्वकर्माले भने,‘नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हाँसिल गरेकोमा गर्व महशुस भएको छ, सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ, अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा मेहनत गर्नुहुने प्रशिक्षक, खेलाडी सबैमा बधाई तथा धन्यवाद र सम्मान अर्पण गर्दछु।’खेलकुद क्षेत्रमा नयाँ भाईव्रेशन आउनेगरि काम गर्ने उनको प्रतिबद्धता थियो । उने भने,‘खेलकुद क्षेत्रको विकास गर्नेगरि सु–व्यवस्थित् गर्ने संकल्प लिएको छु, खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चूनौतिहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरि व्यवस्थित् कार्ययोजना छिट्टै ल्याउँछु।’खेलकुद क्षेत्रमा व्याप्त रहेका सबैखाले समस्याहरुलाइ विधिसम्मत् रुपमा हल गर्ने उनको भनाई थियो ।सन् २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया