संसद दिवसका अवसरमा सभामुख सापकोटाद्वारा सचिवालय परिसरमा वृक्षारोपण (तस्वीरसहित)

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षारोपण गरेका छन् ।

संसद दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन् । कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उनले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम रोजिएको बताए।

‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवा धेरै महत्वपूर्ण छ , महान दार्शनिक एवं महान धर्तीपुत्र गौतम बुद्धले पनि रुख, विरुवालाई धेरै महत्व दिनुभएको छ’ सभामुख सापकोटाले भन्नुभयो ‘प्रतिकुल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षारोपणको कार्यक्रम गरिएको हो ।’

सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल समेत गरेका छन् । उनले भने ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा विरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दछु ।’

सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खड्कालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?