नक्कली चिकित्सकबाट युवती बलात्कृत

काठमाडौँ, १६ चैत- गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फूलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए । कोइराला सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?