ओखलढुंगा, १७ चैत । ओखलढुंगामा मदिरा सेवन गरी सेवाग्राहीलाई गालीगलौज गर्ने एक वडा अध्यक्ष पक्राउ परेका छन् । मदिरा सेवन गरी सेवाग्राही तथा कर्मचारीलाई गालीगलौज गरेको भन्दै चम्पादेवी गाउँपालिका ४ का वडा अध्यक्ष कृष्णबहादुर खत्री पक्राउ परेका हुन् ।शुक्रबार मदिरामा लठ्ठिएर कार्यलयमा आएका खत्रीले कर्मचारी तथा सेवाग्राहीलाई गालीगलौज गरेको भन्दै स्थानियले उजुरी दिएपछि पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराज शर्माले बताए । मदिराले मातिएका वडा अध्यक्षलाई शुक्रबार ईलाका प्रहरी कार्यलय कोषभञ्ज्याङको हिरासतमै राखिएको प्रहरी प्रमुख शर्माको भनाई छ ।अहिले वडा अध्यक्ष सहित सरोकारवाला ब्यक्तिहरु बिच छलफल भैरहेको उहाँले बताए । खत्री नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया