काठमाडौं, १८ चैत । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको सिटीले अब एउटा खेलमा जित हात पारे उपाधी पक्का गर्नेछ ।आगामी शनिबार हुने खेलमा म्यान्चेस्टर युनाइटेडलाई हराएमा सिटी ६ खेलअघि नै च्याम्पियन बन्नेछ ।म्यान्चेस्टर सिटीले ३१ खेलबाट ८४ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडको समान खेलबाट ६८ अंक छ ।शनिबार राति सिटीले एभर्टनलाई ३–१ ले हरायो । सिटीको जितमा साने, गाब्रिएल जिसस र स्ट्रलिङले गोल गरेका थिए । एभर्टनका लागि बोलासिइले एक गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया