काठमाडौं । नेपालको आफ्नै स्याटेलाइट राख्नका लागि गरिएको प्रस्ताव खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।
सबै प्रस्ताव नन रेस्पोन्सिभ भएकाले खारेज गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो ।
सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया खारेज गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। त्यसका साथै अब नयाँ प्रक्रिया अनुसार यसलाई अगाडि बढाउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया