पूर्वप्रधानमन्त्री चन्द सम्मानित

काठमाडौँ, १९ चैत- नेपाली कथा साहित्यमा उल्लेखनीय योगदान पु¥याएवापत ‘गुरुप्रसाद मैनाली कथा सम्मान–२०७४’ बाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ ।नेपाल साहित्यिक पत्रकार संघले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चन्दलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा अभिनन्दन गर्नुभयो ।वरिष्ठ कथाकारसमेत रहनुभएको पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्नालगायत कथासंग्रह छन् ।सो अवसरमा कुलपति उप्रेतीले साहित्य तथा राजनीतिका माध्यमबाट सामाजिक सशक्तिकरणमा चन्दले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।वरिष्ठ राजनीतिज्ञ चन्दले साहित्यले राजनीतिलाई दिशानिर्देश गरी मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।यसैगरी सोहि कार्यक्रममा कथाकार राजेन्द्र विमललाई रु एक लाख एक हजार एक सय एघार नगद सहित ‘गुरुप्रसाद मैनाली कथा सम्मानबाट सम्मानित गरिएको छ ।कथाकार विमलले जव राजनीतिमा संकट आउछ, त्यस समय साहित्यले राजनीतिलाई डो¥याउने र सही मार्गमा ल्याउने विचार व्यक्त गर्नुभयो ।संघका अध्यक्ष राधेश्याम लेकालीले विसं २०२९ मा स्थापना गरिएको उक्त संघले विभिन्न आरोह अवरोह पार गर्दै साहित्यलाई प्रवद्र्धन गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।कार्यक्रममा ३६ औँ कथा दिवसका अवसरमा विभिन्न कथाकारले लघु कथा सुनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?