बुटवल, १९ चैत – तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ ।मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो ।खेल शुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले जोगाउन नसक्दा मनाङ पराजित भयो ।आजको खेलको दुई मिनेटमा मनाङ–मस्र्याङ्दीका विशाल रानाले र थ्री–स्टारका अनन्त तामाङ र विदेशी खेलाडी मार्टिनले क्रमशः ६९ र ८२ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै थ्री–स्टारले रु १५ लाख पुरस्कार पाएको छ ।गोल्डकपको उपाधि जित्न सफल टिमलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो । १५ दिनभित्र बुटवलमा दोस्रो उपाधि जितेको थ्री–स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि गत महिना मात्र तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।उपविजेता मनाङले रु सात लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता टिमलाई पनि मुख्यमन्त्री पोखरेलले पुरस्कार र कप प्रदान गर्नुभएको थियो । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले नगद रु ५० हजारसहित पुरस्कार पाएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि विष्टले नै जितेका छन् । उहाँले रु १५ हजार नगदसहित पुरस्कार पाएको छ ।त्यस्तै उत्कृष्ट गोलकिपर मदन भण्डारीका विनायक श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्री–स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मध्यपंतीमा निराजन खड्का, उत्कृष्ट फर्वाडमा विदेशी खेलाडी मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले पुरस्कार जितेका छन् । प्रत्येकले जनही रु १५÷१५ हजार प्राप्त गरेका छन् ।यही चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियरुपमा ए डिभिजनका ९ वटा समूह र अन्तर्राष्ट्रियरुपमा मलेसियाबाट एउटा समूह गरी यो खेलमा जम्मा १० समूह सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया