काठमाडौं, २१ चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा विक्षिप्त बनेका छन् ।क्यान्सरबाट लामो समयदेखि पीडित रहेकी उनकी पत्नी यशोदाको सोमबार राति उपचारका क्रममा निधन भएको हो ।श्रीमतीको अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा भावविह्वल बनेका मदनकृष्ण श्रेष्ठले मंगलबार बेलुका फेसबुकमा आफ्नो भावुक स्टाटस लेखेका छन् । उनले श्रीमतीको फोटो पोष्ट गर्दै लेखेका छन्–सबैले माया मारेर के भोतिमी छँदैछौ नि मलाई प्यार गर्नेतिमीले पनि माया दिन नभ्याउँदाआँसु छँदैछ नि मलाई स्यार गर्नेफेसबुकबाट मदनकृष्णको यो पीडाको क्षणमा हजारौंले सहानुभूति व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया