रोल्पा, २१ चैत । आफ्नै दाजुका छोराछोरीलाई बन्चरो प्रहार गरी हत्या गर्ने २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्रिवेणी गाउँपालिका २ डाफ्लाका खर्कबहादुर विकले दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँचm ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए ।घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले आज जानकारी दिए ।दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । विक दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् ।त्यस्ते प्रहरी नायव परीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया