मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुधवार दिउँसो सम्मको समय मध्यम रहेकोले पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि, सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्ययम रहेकोछ । बुधवार साँझबाट समय राम्रो रहेकोले ऋण, रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडी बढन् सकिनेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यावसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा सहपाठी हरुलाई किनारा लगाउदै एक कदम अगाडी बढ्न सकिनेछ । पुराना स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बीच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ । सोमवार दिउँसोबाट बुधवार दिउँसोसम्मको समय मध्यम रहेकोले समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । सोमबार दिउसोबाट बुधबारसम्मको समय राम्रो रहेकोले आफ्नै मेहनतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी गरी पछीको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममूखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यातित हुनेछ । सोमवार दिउँसोबाट बुधवार दिउँसोसम्मको समय मध्यम रहेकोले शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङमा मनमुटाव हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ । सोमवार दिउँसोबाट बुधवारसम्मको समय राम्रो रहेकोले नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । सोमवार दिउँसोबाट बुधवार दिउँसोसम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीवारबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यास्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा धोका तथा अबिश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । सोमवारबाट शुक्रवारसम्मको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ । कृषि व्यावासाय, पशुपालन व्यावसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बुधवार दिउसोसम्मको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । बुधवार साँझबाट समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमवार दिउँसोबाट बुधवार दिउँसोसम्मको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ । भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । बिहीवारबाट समय मध्ययम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार फस्टाएर जानेछ भने रुपैया पैसा लगानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठिहरुलाई पछी पार्दै नतिजा हात पार्न सकिनेछ । आफ्नै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा हुनेछन् । तरपनि बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।
तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया