कैलाली, २३ चैत – करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।घाइते हुने तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।वनखेत नजिकको विद्युत प्रशारण लाइन वरपर खेल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया