गगन अयडीधनगढी, चैत २३ – धनगढी उपमहानगरपालिका वेलास्थित वनखेत जंगलमा करेण्ट लागेर एक वालकको मृत्यु भएको छ भने तिनजनाको स्थिति गम्भीर रहेको छ ।शुक्रवार दिउंसो वेला स्थित वनखेतमा करेण्ट लागेर १४ बर्षिय अमन चौधरीको ज्यान गएको हो । उनीसंगै करेण्ट लागेका अन्य ३ जनाको स्थिति गम्भीर रहेको छ । उपचारका लागि सेती अंचल अस्पतालमा भर्ना गरिएका १२ बर्षिय सागर पनेरु ,१५ बर्षिय अर्जुन कडायत र १४ बर्षिय नवीन कडायतको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।उपचारमा संलग्न चिकित्सक निराजनदत्त शर्माका अनुसार हाइभोल्टेज करेण्टका कारण भित्री अंगमा गम्भीर चोट लागेको छ ।प्रहरीले खेलीरहेको अवस्थामा करेण्ट लागेको जनाएको छ भने वालकका आफन्तले भने जंगली जनावर मार्न प्रयोग गरिएको बिद्युतीय धरापमा परेर घटना भएको वताएका छन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया