नुवाकोट, २४ चैत- पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् ।स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली शुक्रबार घाँस घाट्न गएको र फर्केर नआएपछि खोजी गर्ने क्रममा आज बिहान मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।प्रहरीको अनुसार दुवै जना पञ्चकन्या–६ भदु्रटारस्थित जंगलमा मृत्त भेट्टिएका हुन् ।पराजुलीको हातलाई थापाले सिरानी बनाएको अवस्थामा दुवै मृत्त भेट्टिएको र शव भएको स्थान नजिकै विषादीको भाडो समेत देखिएकाले मृत्यु विष सेवन गरी वा अन्य कारणले भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया