तालिबानको पकडमा आएपछिको अफगानिस्तान (फोटो फिचर)

लोकपथ
1.5k
Shares

अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ । तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँका नागरिकहरूको दिनचर्या कष्टपूर्ण बनेको तस्बिरहरू विभिन्न माध्यमहरूमा देख्न सकिन्छ ।

अफगान फोटोग्राफर राडा अकबरले ट्वीटरमा लेखेका छन्, ‘हरेक शहर भत्किए, मानव शरीरहरु ढले, सपनाहरु ढले, इतिहास र भविष्य पतन भयो, कला र संस्कृति पतन भयो, जीवन र सौन्दर्य पतन भयो, हाम्रो संसार पतन भयो ।’

अफगानिस्तानका कतिपय सहरहरूमा तालिबानविरोधी प्रदर्शन भएका छन् । राजधानी काबुलमा प्रदर्शनकारीले अफगानिस्तानको राष्ट्रिय ध्वजा लिएर प्रदर्शन गरेका छन् । असादाबादमा चाहिँ प्रदर्शनकारीहरूमध्ये केही मारिएको खबरहरू पनि आएका छन् ।

अमेरिकी जहाजमा झुण्डिएर जान खोज्ने र खसेर निधन हुनेमध्ये एक जनाको पहिचान भएको छ । उनी १९ वर्षीय जाकी अन्वारी रहेका छन् । उनी अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमबाट खेलेका खेलाडी हुन् ।

काबुल एयरपोर्टमा ६०० जना सवार एक सी–१७ इयरक्राफ्टको भित्र बाट लिइएको तस्बिर यतिबेला सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विदेशी शक्तिहरूले अफगानिस्तानबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएका छन् । अमेरिकाले अगस्त १४ यता ७ हजार जनालाई उद्धार गरेको जनाएको छ ।

काबुल विमानस्थल बाहिर अवस्था अस्तव्यस्त नै रहेको छन् । तालिबानले भाग्न खोज्ने अफगानहरूलाई रोकिरहेको छ । एउटा भिडियोमा एउटा बालकलाई अमेरिकी सैनिकलाई सुम्पिँदै गरेको देखिएको छ ।

तालिबानले अमेरिकामा निर्मित हजारौँ बख्तरबन्द गाडीहरू नियन्त्रणमा लिएको छ । त्यस्तै उसले ३० देखि ४० वटासम्म जहाज र ठूलो मात्रामा साना हतियारहरू पनि नियन्त्रणमा लिएको अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् ।

विश्वभरका मानिसहरूले सर्वाधिक जवाफ खोजेको र चासो मानेको एउटा प्रश्न थियो, अफगानी सैनिक यतिविघ्न निरीह किन ? यसको एक मात्रै र सही जवाफ हो– सैनिकहरूको गिरेको मनोबल र ठेस लागेको आत्मसम्मान ।

संसारको ध्यान खिचेको अफगानिस्तानको तो दुःखदायी घटना तस्बिरमा हेर्नुस् ।

तस्बिर : विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?