काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा प्रशिक्षण सुरु गरेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आयोजक राष्ट्र ओमान तथा संयुक्त राज्य अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय प्रतियोगिता खेल्न मंगलवार ओमान प्रस्थान गरेको राष्ट्रिय टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु भएको छ।
ओमानको मौसम नेपाली खेलाडीका लागि अनुकूल नरहेको कारण पनि नेपाललाई त्यहाँको मौसममा प्रशिक्षणको बढी आवश्यकता रहेको छ। सोही कारण नेपालले लिग-२ प्रतियोगिता भन्दा पहिले पपुवा न्युगिनी (पीएनजी)सँग दुई मैत्रीपूर्ण एकदिवसीय खेल पनि खेल्ने तालिका रहेको छ।
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण
तस्वीर: क्यान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया