काठमाडौं । युट्युबमा अहिले मानिसहरुले धेरै समय बिताउने गरेका छन् । युट्युबमा विभिन्न भिडियोहरु हेर्न सकिन्छ । तर कुनै भिडियो वा एमपी मनपर्यो भने सेभ वा डाउनलोडको अप्सन हुँदैन ।
त्यस्तो अवस्थामा कसरी भिडियो डाउनलोड गर्ने त ? यदि तपाईं कुनै पनि भिडियोमा रहेको अडियो अलग गरेर सुन्न चाहनुहुन्छ भने त्यसलाई एमपी थ्रीमा कन्भर्ट गर्न सक्नुहुन्छ । यसका लागि केही वेबसाइट छन् जसको सहयोगमा तपाईंले युट्युबमा रहेका भिडियोबाट अडियो अलग गरी डाउनलोड गर्न सक्नुहुन्छ ।
यस्तो छ तरिका :
वाईटीडी भिडियो डाउनलोडर :
वाईटीडी भिडियो डाउनलोडर एक भिडियो डाउनलोड गर्ने वेबसाइट हो जसबाट तपाईले भिडियो डाउनलोड गर्न सक्नु हुन्छ ।
वाईटीडी भिडियो डाउनलोडर वेबसाइट खोलेपछि आफूले चाहेको भिडियोको युट्युब लिङ्क त्याहा लगेर पेस्ट गर्नुहोस् । त्यसपछि भिडियो डाउनलोड गर्नुहोस् ।
फोरके भिडियो डाउनलोडर :
फोरके भिडियो डाउनलोडर पनि वाईटीडी भिडियो डाउनलोडर जस्तै वेबसाइट हो । फोरके भिडियो डाउनलोडरबाट तपाईले युट्युबको मात्र नभई फेसबुक, इन्स्टाग्रामको भिडियो पनि डाउनलोड गर्न सकिन्छ ।
डाउनलोड गर्न फोरके भिडियो डाउनलोडर एप खोल्नुहोस् र एड भिडियो लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
यो प्रक्रिया पुरा भएसँगै तपाईंले ‘शो इन’ फोल्डरमा जानुहोस् । त्याहाँ तपाईंले आफूले चाहेको भिडियोको युट्युब लिङ्क त्याहा लगेर पेस्ट गर्नुहोस् । त्यसपछि भिडियो डाउनलोड गर्नुहोस् ।
यो पनि : युट्युब बन्यो विश्वकै सर्वाधिक डाउनलोड हुने एप, विश्वको जनसंख्याभन्दा बढी डाउनलोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया