काठमाडौँ– हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको आक्रमणको विरोधमा मंगलबार विभिन्न धार्मिक संगठनले विरोध प्रदर्शन गरेका छन् ।बिभिन्न ४८ वटा धार्मिक संघसंस्थाले राधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सो क्रममा हिन्दु समूदायमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेका थिए ।श्रीनिवासमाथि आइतबार अज्ञात समूहले गोली प्रहार गरेर घाइते बनाएको थियो ।यसैबीच हिन्दुवादीले गृहमन्त्री बादललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।ज्ञापनपत्र बुझ्दै बादलले घाईते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानविन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाईते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया