काठमाडौं, ३ वैशाख । काठमाडौंको टोखा ७ धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै लिभिङ टुगेदरमा रहेका ‘प्रेमी’ ले हत्या गरेको खुलासा भएको छ ।उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो ।मतृक गोरखा घर भएकी करिव ३२/३३ वर्षकी पूर्णिमा विक रहेको खुलासा भएको छ ।मिस्त्री काम गर्दै आएकी उनी श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् ।मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएका थिए ।तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गर्दा नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।पूणिर्मालाई ढुंगाले हानेर गएर उनले कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया