सिरहा, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन् । बुधबार विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सिरहाको कल्याणपुर नगरपालिका ११ का दिनेश कुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षका छोरा पवन मल्लिक (डोम)लाई स्थानीय रामदुराली माविमा भर्ना गराएका हुन् । उनीहरुलाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेका छन् । त्यस्तै प्रधनमन्त्री ओलीले भने, आफूले भर्ना गराएका विद्यार्थीलाई सफल भएको हेर्न चाहेको बताए । साथै भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीहरुलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । विद्यार्थी भर्ना अभियानमा यसअघि प्रधानमन्त्री ओलीले वैशाख १ गते मुगुमा एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया