अदालतमा छिरेर पत्नीको हत्या, सासू गम्भीर घाइते

मुम्बई – भारत, ओडिसाको संबलपुरस्थित परिवार न्यायालय (पारिवारिक कोर्ट) मा एक व्यक्तिले भीडले भरिएको अदालत परिसरमा आफ्नी पत्नी, पत्नीकी भतिजी र सासूमाथि हमला गरेका छन् । भारतीय समाचार माध्यमले लेखेअनुुसार पत्नीको मृत्यु भएको छ भने सासू र भतिजी गम्भीर घाइते भएका छन् ।

प्रहरीले हमलाकारीलाई गिरफ्तार गरेको छ भने बिरामीलाई अस्पतालमा पठाएको छ । त्यस्तै मृत महिलाको शव पोष्टमार्टमका लागि पठाइएको जनाइएको छ । प्रहरीले जनाएअनुसार रमेश कुंभार नामका व्यक्तिले संगीता चौधरी नामकी युवतीसँग प्रेम विवाह गरेका थिए । तर, संगीतको घरवालालाई यो कुरा मञ्जुर थिएन । यसै कारण संगीताको केही दिनपछि अर्कै केटासँग बिहे भयो ।

आफ्नी पत्नीको बिहे अरु कोहीसँग हुँदा रमेश आवेशमा आएका थिए । जसका कारण यो मामला परिवार न्यायालयसम्म पुग्यो । न्यायालयले सबैलाई सोमवार बोलाएको थियो । त्यसपछि रमेश सोमवार रमेश अदालत पुगे र आफ्नी श्रीमती, सासू र भतिजीलाई तरवारले हमला गरे ।

त्यो माहोल एकदमै डरलाग्दो बनेको थियो ।

कोर्टमा भएका प्रहरीले भनेका छन् कि, लामो प्रयासपछि मात्र हमला गर्ने रमेशलाई नियन्त्रणमा लिन सकिएको थियो । अस्पताल लैजाने बेलामा नै रमेशकी पत्नी संगीताको पनि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?