दाङ । दाङ, तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीय महिलाको आक्रमणमा परी स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार खत्रीले ४० वर्षीय उक्त महिलालाई बलात्कार प्रयास गर्दा खत्रीको मृत्यु भएको हो । खत्रीले बलात्कार प्रयास गर्दा ती महिलाले लात्तीले हिर्काएकी थिइन् । उनले हिर्काउँदा अन्डकोषमा लाग्न पुग्दा मृत्यु भएको हो । प्रहरीले बताए अनुसार खत्री वैशाख ९ गते रातीका १ जबे गुड्का किन्न भन्दै महिलाको कोठामा पुगेको र पानी खाने निहुँ पारी जबरजस्ती कोठामा छिरेर बलात्कार गर्न खोजेको बताइएको छ । तत्कालै महिलाले संवेदनशील अंगमा हानेकी थिइन् ।
यतिबेला महिला भने प्रहरीको हिरासतमा छन् । मृतकका परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा निवेदन परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया