सन् २००८ यताको सबैभन्दा खराब समस्या भोग्दै अन्तत : फेसबुक फेरि अनलाइन फर्किएको छ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अहिले चल्न थालेको छ ।
To the huge community of people and businesses around the world who depend on us: we're sorry. We’ve been working hard to restore access to our apps and services and are happy to report they are coming back online now. Thank you for bearing with us.
— Facebook (@Facebook) October 4, 2021
छ घन्टाभन्दा बढी समयसम्मको अवरुद्धतापछि प्रयोगकर्ताहरु माझ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अनलाइन फर्किएको छ। केही सेवाहरु अझै पनि पूर्ण रूपमा काम गरिरहेका छैनन् , केहि प्रयोगकर्ताहरुले अझै पनि इन्स्टाग्राममा नयाँ सामग्री पोस्ट गर्न समस्या भएको रिपोर्ट गरेका छन्।
सेवा पूर्णतः बन्द भएको केही समयपछि फेसबुक र ह्वाट्सएपले ट्विटरमा अपडेट गर्दै भनेका थिए :
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021
सोमबार राति करिब सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासि अवरुद्ध भएको थियो ।
नेपालसहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको थियो । डाउन डिटेक्टरमा गरिएको रिपोर्टअनुसार नेपालसहित एसिया, अमेरिका, युरोपलगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको थियो । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै हजारौले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका थिए।
फेसबुकका प्रमुख टेक्नोलोजी अफिसर माइक श्रोफरले एक विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।
Facebook services coming back online now – may take some time to get to 100%. To every small and large business, family, and individual who depends on us, I'm sorry.
— Mike Schroepfer (@schrep) October 4, 2021
सन् २०१९ मा पनि लगभग एक घण्टा सम्म फेसबुकको सेवा अवरुद्ध भएको थियो । फेसबुकले त्यतिबेला सर्भर कन्फिगरेसन परिवर्तनलाई दोषी ठहराएको थियो । यस पटक, समस्याको कारण अस्पष्ट रह्यो ।
‘यो कुनै साइबर हमला या ह्याक एट्याक भने होइन किनकि ह्याकले सामान्यतया एकै पटकमा धेरै एपसलाई असर गर्दैन’ फेसबुकको सुरक्षा टोलीका दुई सदस्यहरुले नाम नखुलाउने सर्तमा न्युयोर्क टाइम्सलाई बताएका छन्।
सुरक्षा विशेषज्ञहरुका अनुसार यो समस्या फेसबुकको सर्भर कम्प्युटरको कारणले उत्पन्न भएको हो।
त्यस्तै सिस्कोको स्वामित्वमा रहेको नेटवर्क निगरानी सेवा थाउजेन्ड आइजका अनुसार यो समस्या डीएनएस विफलताको परिणाम हो।
यद्यपि फेसबुकले के समस्या भएको थियो भन्ने खुलाएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया