एजेन्सी : छोरीलाई बलत्कार गर्ने बेलायती प्राध्यापकलाई २० वर्षको जेल सजाय भएको छ । ती बलत्कारी प्राध्यापकले छोरीलाई कसैले यसबारे भने एसिडमा गलाएर मार्ने धम्की दिँदै बलत्कार गरेको खुल्न आएको हो ।
७९ वर्षीय पूर्व प्राध्यपक फ्रान्सि बिमाउन्टलाई बलत्कारका पाँच अपराधमा दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएपछि उनलाई २० वर्षको जेल सजाय तोकियो ।दुराचाली बाबुलाई उनकै छोरीले लगाएको आरोपमा दोषी पाइएको हो । ५३ वर्षीया किम चाउनले आफू १४ वर्षको छँदा डर धाक धम्की दिएर पटक पटक बलत्कार गरेको आरोप लगाएकी थिइन् । यसक्रममा उनी दुई पटक गर्भ तुहाउन बाध्य भएकी थिइन् ।
योर्कसायरमा र गइलसलीस्थित घरमा उनलाई पटक पटक बलत्कार गरिएको थियो । हरेक पटक यसबारे कसैलाई जानकारी दिए मार्ने धम्की दिने गरिएको उल्लेख छ । लीडस क्राउन कोर्टले यो मुद्दाको सुनुवाई गर्दै फैसला सुनाएको डेली मेलको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया