प्रदेश ७ मा संसद सचिवालय भवन अभाव

धनगढी : प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । 

भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन । 

संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम हुँदै आएको छ । उहाँले कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्रीसहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध गरार्इएको छैन । कोठा अभावले अहिले दुई उपसचिवले एउटै कोठाबाट कार्यसम्पादन गरिरहेका छन् ।

सचिवालय सञ्चालनका लागि  केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानून उपसचिव र दुई शाखा अधिकृतसहित छ कर्मचारी अझै आइपुगेका छैनन् । सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि १३२ कर्मचारी आवश्यक रहेको अांकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?