एजेन्सी :अमेरिकी गुप्तचरहरूलाई अपराधीहरूले तीव्रगतिको ड्रोन उडाएर छकाएका छन् । अमेरिकी गुप्तचर संस्था एफबीआईको एक टीमलाई अपराधीहरूको एक समूहले तीव्रगतिमा ड्रोनहरू उडाइदिएर उनीहरूको बन्धक मुक्ति गराउने अभियानलाई बाधा पारेको छ ।
नाम नखुलाउने एक एफबीआईका अधिकारीले भने “ अपराधीहरूको समूहले कानून कार्यान्वयन गराउन नियोगहरूलाई निसशस्त्र पार्न ड्रोनको प्रयोग गरिरहेका छन् ।” अमेरिकाको एक अज्ञात शहरमा एफबीआईका एजेन्टहरूले गरिरहेको कार्यमा बाधा पु¥याई उनीहरूलाई त्यो स्थान छाडन् बाध्य पारे पारिएको जनाइएको छ ।
एफबीआईको अपरेशनल टेक्नलजि ल युनिटका प्रमुख जो मजेलले भने “ हामीहरूलाई अन्धो बनाइयो । उनीहरूले ड्रोनको प्रयोग गरी हामीलाई यस्तो अवस्थामा पु¥याए । यसबाट हामीमाथि केही चुनौती थपिएको छ ।”
अपराधी, ह्याकर र अन्यले अवैध गतिविधि गर्न ड्रोनको प्रयोग गरिरहेको पाइएको छ । यसबाट अमेरिकाको सुरक्षा व्यवस्थामा चुनौती थपिएका छन् ।
यो घटनाबाट अपराधीहरू सुनियोजित तवरले घटना घटाइरहेको पाइएको एफबीआईका अधिकारीहरूले जनाएका छन् । यो कानून लागू गराउन समस्या बनेको छ । अपराधीहरूले ड्रोनलाई अस्त्रको रूपमा प्रयोग गरिरहेका छन् । एफबीआईले ड्रोनको अपराधिक प्रयोगलाई निस्तेज पार्नुपार्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया