काठमाडौं । लैनचौरस्थित राहदानी विभागमा आइतबार बिहानैदेखि भीडभाड देखिएको छ ।
विभिन्न जिल्लाबाट सिफारिस ल्याएर र काठमाडौंकै गरी ठूलो संख्यामा युवायुवती तथा तन्नेरीहरु राहदानी (पासपोर्ट) बनाउन पुगेका थिए । जसको कारण राहदानी विभागलाई भीड मिलाउनका लागि हम्मेहम्मे परेको थियो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको कारण तुलनात्मक रुपमा विदेश जानेहरुको संख्यामा वृद्धि भएको छ । सोही क्रममा अमेरिकी सरकारले खुलाउँदै आएको डाइभर्सीटी अर्थात (डिभि) भर्नका लागि समेत मानिसहरु पासपोर्ट बनाउन पुगेका थिए । लाइनमा बस्नेहरु कतिपय भने छिटो पालो ल्याउनका लागि रातिदेखिनै लाइन बसेको बताउँछन् । ‘हामी त रातिदेखि नै लाइनमा बसेका हौँ ।’ पासपोर्ट बनाउन उपस्थित एक युवतीले लोकपथसँग भनिन् ।
ठेलमठेल लाइनमा बसी विदेश पासपोर्ट बनाउन तल्लिन युवायुवती तथा तन्नेरीहरुको अवस्था हेर्दा नेपालीहरुमा विदेशप्रतिको मोह बढी रहेको बुझ्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया