काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मनाङको स्याउ फार्मको अवलोकन गरेकी छिन् ।
सोमबार राष्ट्रपति भण्डारीसहितको टोलीले मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी हुन् ।
स्वाउबारी अवलोकपनपछि राष्ट्रपति भण्डारीले निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताइन् ।
वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
केही दिनदेखि राष्ट्रपति भण्डारी देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएकी छिन् ।
तस्बिर : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया