भाइ हुनेले भाइलाई, दाइ हुनेले दाइलाई सप्तरङ्गी टीका, मखमली फुलको माला र विभिन्न उपहार दिएर आज भाइटिका उल्लासमय रूपमा मनाए । भाइटिका हाम्रो समाजको अभिन्न अङ्ग भएको कारण ठुला बडा देखि सर्वसाधारणले उल्लासमय रूपमा यो पर्व मनाए । आज परेको भाइटिका राष्ट्रपति देखि सर्वसाधारण, जसमा पनि दाजु भाइ नहुने, दिदीबहिनी नहुनेले पनि उल्लासमय रूपमा भाइटिका मनाए ।
आज परेको भाइटिकाका केही झलकहरू ।
राष्ट्रपति विद्यादेवी भण्डारी भाईटीकाको क्रममा बहिनी सुशिला पाण्डेलाई टिका लगाईदिँदै ।
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाई टीका लगाउँदै ।
म्याग्दीको बेनी स्थित बालगृहका अनाथ बालबालिकाहरुलाई सामुहिक भाइटिका लगाउदैं ।
दन्त चिकित्सक अस्मिना दाहाल क्षेत्री आफ्नो बहिनीसंग भाईटीका लगाउदैं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया