काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग वेलायती सेनाका डेपुटी जनरल एनए. डब्लु. पोपेले सैनिक मुख्यालय भद्रकालीमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो भेटमा प्रधानसेनापति क्षत्री र डेपुटी जनरल पोपेबीच आपसी हित र द्धिपक्षीय सम्वन्धका विषयमा छलफल भएको छ ।
यसैबीच, प्रधानसेनापति क्षत्रीसंग नेश्नल डिफेन्स कलेज (एनडीसी ) नाइजेरियाको प्रतिनिधि मण्डलका कमाण्डर इम्मान्युल वालतुन्जेले पनि शिष्टाचार भेट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया