काठमाडौं । आजभोलि हरकोहीको हातमा मोबाइल फोन देखिन्छ । मानिसहरु आफ्नो आवश्यकताअनुसार मोबाइल किन्ने गर्छन् ।
विद्यालयका बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले मोबाइल फोन प्रयोग गरिरहेका छन् । धेरै मानिसहरू नयाँ मोबाइल फोन खरिद गर्छन्।
कुनै पनि फोनको नयाँ मोडल सार्वजनिक हुनासाथ हजारौँको संख्यामा मानिसहरुले मोबाइल किन्ने गरेका छन् । आफ्नो पुरानो मोबाइल बेचेर पनि मानिसहरू नयाँ फोन किन्छन्, ताकि उनीहरूले नयाँ सुविधा प्रयोग गर्न सकून्।
यदि तपाईँ आफ्नो मोबाइल कसैलाई बेच्दै हुनुहुन्छ भने तपाईँले केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सुरक्षाको दृष्टिकोणबाट पनि यो कुरा निकै आवश्यक छ ।
मोबाइल बेच्दा ध्यान दिनुपर्ने कुराहरु :
गुगल आईडी :
गुगल खाता सबैको मोबाइलमा लगइन हुन्छ। तर यदि तपाईँ आफ्नो मोबाइल कसैलाई बेच्दै हुनुहुन्छ भने, यसलाई सावधानीपूर्वक हटाउनुहोस्। यसका लागि सेटिङमा गएर युजर एन्ड अकाउन्टको विकल्पमा गएर यसलाई हटाउन सक्नुहुन्छ।
डाटा ब्याकअप :
धेरै पटक मानिसहरू मोबाइल बेच्ने बेला आफ्नो डाटा ब्याकअप गर्न बिर्सन्छन् । कहिलेकाहीँ कुनै महत्त्वपूर्ण डाटा केही गलत हातहरूमा जान सक्छ। त्यसैले पेनड्राइभ वा गुगल ड्राइभमा आफ्नो डाटा ब्याकअप लिन नबिर्सनुहोस्, र त्यसपछि मोबाइलबाट मेटाउनुहोस्।
पासवर्ड :
धेरै पटक हामी मोबाइलबाट पासवर्ड हटाउन बिर्सन्छौँ। हाम्रो सामाजिक सञ्जालदेखि बैंकिङ एपका पासवर्डहरू स्वतः सेट हुन्छन्। यस्तो अवस्थामा, तपाईंले मोबाइल बेच्नुअघि तिनीहरूलाई डिलिट गर्नुपर्छ, ता कि कसैले तिनीहरूलाई प्रयोग गर्न नसकून् ।
रिसेट :
यदि तपाईँ तपाईँको मोबाइलमा केही पनि बाँकी नहोस् भन्ने चाहनुहुन्छ भने, तपाईँको मोबाइल बेच्नुअघि निश्चितरूपमा मोबाइललाई रिसेट गर्नुहोस्। यसका लागि तपाईँले मोबाइल सेटिङमा गएर ब्याकअप एन्ड रिसेटको विकल्पमा क्लिक गरेर रिसेट गर्न सक्नुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया