सरकारले २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । त्यससँगै विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट समेत उम्मेदवारी दिनेहरूको चर्चा चुलिएको छ । गाउँपालिका, नगरपालिका हुँदै महानगरपालिकासम्म अध्यक्ष र मेयरको आकांक्षीहरू अघि आउनु स्वभाविक हो ।
देशभर स्वतन्त्ररूपमा यस पटक मेयरको दाबी गर्नेहरू पनि धेरै छन् भने राजनीतिक दलबाट उम्मेदवारी दिनेहरूको नाम चर्चामा आइरहेका छन् ।
त्यसो त देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिकामा विभिन्न राजनीतिक दलबाट मेयरको आकांक्षीहरू अघि आइरहेका छन् । सोही क्रममा काठमाडौं महानगरमा अन्य राजनीतिक दलसँगै माओवादी केन्द्रबाट पनि मेयरको आकांक्षीहरूको नाम समेत चर्चामा आइरहेको छ । माओवादी केन्द्रबाट मेयरमा आकांक्षा राख्नेहरूले आन्तरिक र बाहिरीरूपमै तयारी थालेका छन् ।
त्यसो त अन्य जिल्लामा भन्दा काठमाडौं महानगरमा माओवादी केन्द्र कमजोर मानिन्छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा उम्मेदवार थिए सर्वोत्तममान डंगोल । वर्तमान मेयर विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा माओवादी केन्द्रबाट उम्मेदवार बनेका डंगोल ७ हजार ९ सय ६ मतमै सीमित भएका थिए ।
वर्तमान गठबन्धन सरकारमा सामेल दल माओवादी केन्द्र यस पटकको स्थानीय तहको निर्वाचनमा पनि देशभर गठबन्धन गरेरै अघि बढ्ने दाउमा छ । तर सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भने देशभर गठबन्धन नभई एक्लै लड्ने दाउमा छ ।
आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरका लागि केही नामहरू मेयरको आकांक्षीको रूपमा अघि आएको छ । त्यसमा माओवादी केन्द्र महानगरका विभिन्न जिम्मेवारीदेखि बागमती प्रदेश सदस्यहरुको नाम समेत आकांक्षीको रूपमा अघि देखिएका छन् । सो क्रममा रविन्द्र श्रेष्ठ, उमेश स्थापित, सरिता महर्जन, सुशीला पौडेल, कुलबहादुर महर्जन र रमेशमान डंगोललगायत मेयरको आकांक्षीको रूपमा अघि आएका छन् ।
को को छन् मेयरका मुख्य आकांक्षी ?
१. रविन्द्र श्रेष्ठ
आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा माओवादी केन्द्रबाट मेयरको आकांक्षीको रूपमा अघि आएको पहिलो नाम हो, रविन्द्र श्रेष्ठ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै श्रेष्ठले भेटघाट तथा छलफललाई अगाडि बढाएका छन् । मेयरको आकांक्षीको रूपमा देखिएका श्रेष्ठ हाल काठमाडौं महानगरको माओवादी केन्द्रका अध्यक्ष हुन् ।
२. उमेश स्थापित
माओवादी केन्द्रबाट बागमती प्रदेशका प्रदेश सदस्य हुन् उमेश स्थापित । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरको आकांक्षीको रूपमा स्थापितलाई हेरिएको छ । पार्टीको विभिन्न जिम्मेवारी समेत बहन गरिसकेका स्थापितले आगामी स्थानीय तहको निर्वाचनमा मेयरको तयारी स्वरूप भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
३.सरिता महर्जन
आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, सरिता महर्जन । महर्जन हाल माओवादीको केन्द्रीय सदस्यसहित महानगरमा पार्टीको सह-इन्चार्जको रूपमा समेत रहेकी छिन् । महानगरमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै महिला नेतृ महर्जनले छलफल र भेटघाटलाई तीव्रता दिएको उनी निकटहरू बताउँछन् । आगामी स्थानीय तह निर्वाचनमा महिलाबाट महिलाबाट मेयरको रूपमा उनलाई अघि बढाउन सक्ने सम्भावना देखिन्छ ।
४. सुशीला पौडेल
आगामी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै काठमाडौं महानगरमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, सुशीला पौडेल । पौडेल हाल माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य सदस्य हुन् । काठमाडौं महानगरमा आगामी स्थानीय निर्वाचनमा महिला नेतृ पौडेललाई मेयरको रूपमा अघि सार्ने तयारी रहेको उनीनिकटहरू बताउँछन् । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम समेत गरिसकेको कारण उनलाई अघि बढाउँदा प्रतिस्पर्धा गर्न सजिलो हुने माओवादी केन्द्रका एक नेताको दाबी छ ।
५. कुलबहादुर महर्जन
काठमाडौं महानगरबाट आगामी स्थानीय निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, कुलबहादुर महर्जन । हाल काठमाडौं महानगरमा माओवादी केन्द्रबाट उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गरेका उनी मेयरको एक दाबेदार मानिन्छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै उनले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
६. रमेशमान डंगोल
रमेशमान डंगोल आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरको आकांक्षीको रूपमा देखिएका अर्का व्यक्ति हुन् । हाल काठमाडौं महानगरमा माओवादी केन्द्रबाट सदस्यको जिम्मेवारीमा रहका छन् डंगोल । आगामी निर्वाचनमा आफूलाई मेयरको रूपमा अघि बढाउनका लागि डंगोलले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।
देशको केन्द्रीय राजधानीको पनि केन्द्रमा भएका कारण काठमाडौं महानगरको नेतृत्व कसले गर्दछ भन्ने चर्चा सधैँ हुने गर्दछ । माओवादी केन्द्रबाट मात्र नभई अन्य राजनीतिक दलबाट पनि मेयरको आकांक्षीहरूको चर्चा हुन थालेको छ ।
त्यसो त कांग्रेस र एमालेबाट पूर्वमन्त्री भइसकेकाहरू समेत आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । त्यतिमात्रै नभई स्वतन्त्ररूपमा समेत केही चर्चित अनुहारहरू मेयरको आकांक्षीको रूपमा अघि देखिएका छन् ।
यो पनि
काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी
तारकेश्वरमा माओवादी केन्द्रबाट को–को छन् मेयरका आकांक्षी ?
तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो : को–को छन् कांग्रेसबाट मेयरका आकांक्षी ?
यी हुन् काठमाडौं तारकेश्वरमा एमालेबाट मेयरका आकांक्षी
काठमाडौं महानगरमा एमालेबाट मेयरको आकांक्षी : वर्तमान मेयरदेखि प्रदेश र संघीय सांसदसम्म
वरिष्ठ नेता पौडेलको जिल्लामा स्थानीय निर्वाचन : भानु नगरमा कांग्रेसबाट को-को छन् आकांक्षी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया