हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
77
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ पाँच पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा पाँच र बिक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा कायम भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?