तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

लोकपथ
392
Shares

तेह्रथुम । तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?