काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्य भएको छ । मंगलबार नेप्से ४६ दशमलव ५६ अंकले घटेर २४५२ दशमलव ०६ विन्दुमा आएर बजार बन्द भएको छ ।
मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोडबराबरको कारोबार भएको थियो ।
आज भने २२८ वटा कम्पनीको सेयर कारोबार हुँदा दुई अर्ब ६७ करोडबराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि राष्ट्रिय उत्थान लघुवित्त र नेस्डाे लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ ।
यसैगरी जाल्पा सामुदायिक लघुवित्तको भने ६ दशमलव ०७ प्रतिशतले बढेर ४२० दशमलव ९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
मंगलबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल १० प्रतिशत घटेर १३ सय २३ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ३७ प्रतिशत घट्दा ४ सय २५ दशमलव १ र युनाइटेड यडमार्दी ६ दशमलव ०१ प्रतिशतले घटेर अन्तिम कारोबार ९७७ दशमलव ५ रुपैयाँमा भएको छ।
मंगलबार अन्य परिसूचक राताम्य हुँदा होटेल समूह भने १५ दशमलव १२ अंकले उकालो लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया