डिशहोमले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ योजना

लोकपथ
1k
Shares

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जना ग्राहकले एक लाख पनि जित्न सक्नेछन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजनाको फाइदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्ने कम्पनीले जनाएको छ ।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइबरमार्फत डिशहोम फाइवरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?