काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९५ पैसा मात्र र बिक्रीदर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ११ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ दुई पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया