पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा लेखनाथ महानगरपालिको नामबाट लेखनाथ शब्द हटाएर पोखरा महानगरपालिका बनाएको हो ।
पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा ‘पोले’ नराम्रो सुनिने र अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम भएकाले पोखरा मात्रै राख्न अधिकांशको सुझाव थियो ।
पोखरा नामका पछाडि लेखनाथ झन्ड्याउनु भन्दा विकासलाई जोड दिने र कुनै राष्ट्रिय गौरवको पूर्वाधारलाई लेखनाथ नाम दिन लेखनाथ क्षेत्रका वासिन्दाको माग थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया