पर्वत : लगातारको बर्षापछि लस्ती खोलामा बाढी अाउँदा पर्वत जिल्लाको लस्तीबजार डुबान र पहिरोको जोखिममा परेको छ ।
बाढीले हाल लस्तीबजारको जग्गा कटान गरिरहेको र अहिलेसम्म २५ परिवार विस्थापित भएको स्थानीयले जानकारी दिएका छन् ।बाढीबाट विस्थापितहरूले अाफन्तकहाँ अाश्रय लिएका छन् ।
जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने लस्तीबजारमा करिब १ सय परिवारको बसोबास छ । बजार वरपरका समेत गरि अिहलेसम्म १ सय ३१ घरधुरी जोखिममा परेको वडाअध्यक्ष हरिविकास जोशीले जिसीले जानकारी दिए ।
बाढी रोक्नका लागि अावश्यक तटबन्ध गर्न प्रदेश र केन्द्र सरकारसँग अाग्रह गरेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।
यही साउन १ गते लस्तीमै अाएको बाढी र पहिरोमा परि १ जनाको मृत्यु भएको थियो भने ३ जना घार्इते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया