कर्नकाे ‘सीडब्लु ७० स्मार्टवाच’ नेपाली बजारमा

लोकपथ
161
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ ।

कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो । कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ ।

कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्रि क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लुटुथ कलिङ्ग फिचर रहेको छ । नयाँ स्मार्टवाचमा ३६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लूटूथ कलिङ्ग फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए । ‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा बेच्दै आएका छौं । अब बजेट मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टवाच मोडल लन्च गरेका छौं,’ उनले भने ।

कम्पनीले कर्न सीडब्लु ७० स्मार्टवाचको बजार मूल्य ६ हजार ९९९ रूपैयाँ तोकिएको छ भने प्रि बुक गर्नेहरुले ६ हजार ४९९ रुपैयाँमा किन्न सक्नेछन् । प्रि बुक गर्नेहरुलाई फोल्डेबल पोर्टेबल वाटर स्प्रे फ्यान उपहारमा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?