काठमाडाैं : नेपालमा सन् १९७६ मै सरकारले लागुपदार्थसम्बन्धी एेन ल्याएर गाँजालगायतका लागुअाैषध उत्पादनमा प्रतिबन्ध लगायो । तर गाँजामा प्रतिबन्ध लागेको ४२ बर्षपछि पर्वतको एक गाउँपालिकाले अाफ्नो वडालार्इ गाँजामुक्त बनाउने लक्ष्य राखेको छ ।
महाशीला गाउँपालिका-३, बालाकोटालार्इ यही अाउँदो असोज १ गतेदेखि गाँजा, जाँडरक्सी र जुवातासमुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । सभ्य समाज निर्माण गर्न भन्दै स्थानीय सरकार गाँजा प्रतिबन्धको ४२ बर्षपछि यही समस्या समाधान गर्न लागिपरेको हो ।
गाँजालगायतका लागु र मादकपदार्थ नियन्त्रणका लागि स्थानीय सरकारले नारा पनि बनाएको छ : 'गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनाश' ! यो नारामा पनि गाँजालार्इ शुरूमै राखिएको छ । वडाअध्यक्ष रोशन गुरूङका अनुसार सामाजिक विकृति र हिंशालार्इ नियन्त्रण गर्न वडाले यस्तो योजना ल्याएको हो ।
वडाको पछिल्लो निर्णयले यसअघिको स्थानीय प्रशासन र हालको स्थानीय सरकारलार्इ नै विवादमा तानिदिएको छ । ''प्रतिबन्ध लागेको ४२ बर्षसम्म पनि यो क्षेत्रमा खुलेअाम गाँजा सेवन भर्इरहेको थियो र यसलार्इ नियन्त्रण गर्न सरकारले कदम चालेको थिएन भन्ने बुझियो,'' लागुअाैषध नियन्त्रणका क्षेत्रमा क्रियाशील एक जना अभियन्ताले भने ''पहाडे भांगो उत्पादनका नाममा पर्वत, म्याग्दी, बाग्लुङ, रूकुम र रोल्पा लगायतका जिल्लामा गाँजा खेतीले निरन्तरता पार्इरहेको थियो, यसलार्इ नियन्त्रण गर्न खोज्नु राम्रो प्रयास हो, तर पश्चिम पहाडका यस क्षेत्रमा सरकारले नै गाँजा खेती गर्न प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।''
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया