कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिने

लोकपथ
245
Shares

जुम्ला । कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ । भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेको हो ।

विषयगत शाखा छरिदा नगरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठातले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएको थियो । उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लियर सबै विषयगत शाखा एकै भवन बाट सन्चालन गरेको हो ।

नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष दामादरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए ।

२०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?