वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं. ८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङ रहेका छन् ।

तामाङले राम्रो पारिश्रमिक हुने भन्दै रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरुमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको जाहेरी परेको थियो ।

२०७७ चैत १७ गते सर्वोच्च अदालतबाट दोषी ठहर भई वैदेशिक रोजगार ऐन, २०६४ वमोजिमको कसूरमा जम्मा ६ बर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा तामाङ फरार भएका थिए ।

उनलाई आज (बिहीबार) कलंकी, काठमाडौंबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?