सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चुको सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । बिहीबार दिउसो १२ः१५ बजेको समयमा भेरीगंगा–१० साततलेस्थित गौरीशंकर सामुदायिक वनमा उक्त कंकाल भेटिएको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुकाअनुसार च्याउ खोज्न गएका स्थानीयले मानव शरीरको अस्थिरपञ्जर फेला पारेका हुन् । मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली पुगेको थियो ।
छरिएको अवस्थामा फेला परेको कंकाल ३/४ महिना पुरानो र पुरुष व्यक्तिको हुन सक्ने प्रहरीको भनाइ छ । उक्त कंकाल संकलन गरी जनप्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का बनाएर कंकाललाई कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ । कंकालबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया